आज १,१११ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३५,५२९ पुग्यो

बिहीबार देशभर कोरोनाका १ हजार १ सय ११ संक्रमित थपिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ३५ हजार ५ सय २९ पुगेको छ।विगत २४ घण्टामा ५ सय ६९ जना कोरोनाबाट निको भई घर फर्किएको गौतमले बताए। 

आजमात्रै १२ हजार ६ सय २९ जनाको पिसिआर गरिएको छ। हालसम्म  ६ लाख ४७ हजार ८ सय ८१ जनाको पिसिआर गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation