कपिलवस्तु – पोखरीमा डुबेको अवस्थामा शव फेला

ताैलिहवा- कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिका-२ विचली भडेहरको पोखरीमा एक महिलाको शव भेटिइको छ। सोही वडाकी २१ वर्षीय अनिता पासीको शव डुबेको अवस्थामा सार्वजनिक पोखरीमा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
घटना बारे प्रहरीले अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। शव पोष्टमार्टमका लागि कपिलवस्तु अस्पतालमा राखिएको छ। मृतक महिला बिहीबार साँझबाट घरपरिवारसँग सम्पर्कबिहीन अवस्थामा रहेकी थिइन्। आज दिउँसो मात्रै उनको शव पोखारीमा डुबेको अवस्थामा फेला परेको थियो।
पोष्टमार्टम रिर्पोटपछि घटना हत्या वा आत्महत्या के हो ? सबै कुरा प्रष्ट हुने प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation