आश्रय गृह संचालनको लागि आवश्यक सामाग्री हस्तान्तरण

तौलिहवा– जिल्लाको एक मात्र साथी संस्था अन्तरगत संचालित आश्रय गृहलाई संचालनको लागि आवश्यक व्यवस्थापकिय सामाग्रीहरु हस्तानतरण गरिएको छ । बिभिन्न हिंसा तथा जोखिममा परेका पहिला तथा किशोरीलाई आश्रय दिई पीडितलाई न्यायमा पंहुचको लागि कार्य गर्दै आइरहेको आश्रय गृहमा रहेका पीडितहरुलाई सहज सुविधाको लागि व्यवस्थापकिय सामाग्री हस्तानतरण गरिएको हो ।
मधेश मानव अधिकार गृह (माहुरी होम) ले डिएफआईडीको आर्थिक सहयोगमा भिएसओ नेपाल र ईन्टरनेशलन अलर्ट सँगको साझेदारीमा संचालित सहज परियोजना अन्तगत करिव बेड, १ लाख बराबरको सामाग्रीहरु हस्तानतरण गरिएको माहुरी होमका परियोजना संयोजक बिना चौधरीले बताईन् ।
संस्थाले हालको काभिड १९ ले सृजना गरेको असहज परिस्थितिमा लैङ्गिक हिंसाका प्रभावितहरूलाई निरन्तर सेवा प्रवाह गरिरहेको आश्रय गृहलाई उक्त सहयोग गरिएको ंसंस्थाका अध्यक्ष रविन्द्रनाथ ठाकुरले बताए ।
सामाग्रीहरु हस्तानतरण गर्दै कार्यक्रमका प्रमुख अतिथी कपिलवस्तु नगरपालिकाका नगर प्रमुख किरण सिंहले माहुरी होमले यस कोभिड महामारीले सृजना गरेको असहज परिस्थितीमा बिपन्नहरुलाई राहात वितरण तथा साथी संस्था जस्ता आश्रय गृह संचालन गरेका संस्थाहरुलाई सहयोग गरेकोमा धन्यवाद व्यक्त गरेका थिए । दश जनाको क्षमताको रहेको आश्रय गृहमा हाल ६ जनाले आश्रय लिईरहेको आश्रय गृहको प्रमुख बिमला पौडेलले जानकारी दिनु भयो । हाल सम्म संस्थाले नवलपरासीको माईती नेपाल, आफन्त नेपाल र रोल्पामा पीडित महिलाहरुको लागि अल्पकालिन आश्रय गृहलाई पनि व्यवस्थापकिय सामाग्री हस्तानतरण गरिएको माहुरी होमका कार्यकारी निर्देशक लक्ष्मी श्रेष्ठले बताईन । साथै बाँके र दाङ्ग जिल्लामा संचालित आश्रय गृहहरुलाई सामाग्री बितरण गर्ने कार्यक्रम रहेको श्रेष्ठले जानकारी दिईन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation