गोरुसिङ्गे-सन्धिखर्क सडकमा पहिरो गयो

तीन दिनदेखि परेको अविरल वर्षाका कारण गोरुसिङ्गे(सन्धिखर्क सडकखण्डको दह खोलामा गएराति ठूलो पहिरो जादाँ सडक अवरुद्ध भएको छ। सडकखण्डको विभिन्न ठाउँमा स(साना पहिरो गएपनि दह खोलामा गएराति ठूलो पहिरो झरेको हो। सडक अवरूद्द भएपछि बिरामी बोकेका एम्बुलेन्ससमेत रोकिएका छन्। मालवाहक, निजी तथा सार्वजनिक सवारी साधनहरू पनि बीच बाटोमा अलपत्र परेका छन्। यात्रुहरू बिच बाटोमा अलपत्र परेका छन्‌।​बिहीबार बिहानैदेखि पहिरो हटाउने प्रयास भैरहेको, तर पहिरो निकै ठूलो भएकाले सडक खुलाउन समय लाग्ने प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलले जानकारी दिएका छन्‌।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation