कपिलवस्तुकी बनगाइकी कोरोना संक्रमित महिलाको बुटवलमा मृत्यु

कपिलवस्तुकी कोरोना संक्रमित महिलाको बुटवलस्थित कारोना विशेष अस्थायी अस्पतालमा मृत्यु भएको छ ।
अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार उपचारको क्रममा कपिलवस्तुको बनगाइकी ७० वर्षीया वृद्धाको बिहीबार साँझ साढे ५ बजे मृत्यु भएको हो ।उनी असोज ५ गते अस्पताल भर्ना भएकी थिइन् । उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको भएपनि बचाउन नसकिएको अस्पतालले जनाएको छ । डा. गौतमका अनुसार उनी दमका रोगी थिइन् ।
बिहीबार नै बुटवलको कोरोना अस्पतालमा उपचाररत नवलपरासी पश्चिम र कपिलवस्तुका दुईजना संक्रमितको मृत्यु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation