अर्घाखाँचीको शितगंगा नगरपालिका-६ मा एक घर पहिरोको उच्च जोखिममा परेको छ ।
शितगंगा – ६ सानाढुङ्ग्रे निवासी नेत्र बहादुर गाहाले आफ्नो घर उच्च जोखिममा परेको भन्दै रातोप्रेस डटकमलाई जानकारी गराएका हुन ।
तिन दिन देखि परेको अबिरल वर्षाका कारण शितगंगाका अन्य केही घरहरु पनि पहिरोको जोखिममा पर्न सक्ने सम्भावना रहेको छ ।
अर्घाखाँचीका घर बस्ती जोखिममा पर्ने सम्भावना भएपछि स्थानीयवासीलाई सुरक्षित तथा सतर्क रहन जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले सार्वजनिक सूचना मार्फत अनुरोध गरेको छ ।











