पाल्पामा गोठ भत्किँदा एकको मृत्यु, एक घाइते

पाल्पा : पाल्पामा गाईभैँसी बाँध्ने गोठ भत्किँदा एक जनाको मृत्यु र एक घाइते भएका छन्। रिव्दीकोट गाउँपालिका- ७ डवकाकी पुतली विकको टिनले छाएको गोठ मर्मतको क्रममा भत्किएर सोही स्थानका हरी लम्तरीको मृत्यु भएको हो।
गोठ मर्मतको क्रममा भत्किएर काठपात माटो ढुङ्गाले च्यापिँदा लम्तरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मदन गिरीले बताए। गोठ मर्मतको रिव्दीकोट गाउँपालिका- ८ फेकका ४८ वर्षीय अमर पेग्मी घाइते भएका छन। घाइते पेग्मीको तानसेन मिशन अस्पतालमा उपचार भइरहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation