प्रदेश राजधानी भालुवाङ स्वीकार्य छैन, पार्टि ह्विप मान्दैन सांसदः पन्थी

बुटवल- प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ बनाउने गरेकाे निर्णय स्वीकार्य नहुने सांसद बिष्णु पन्थीले बताएका छन् । सत्तारुढ दल नेकपाबाट प्रदेस सांसद निर्वाचित पन्थीले संसोधन प्रस्ताव पेश गर्ने भएका छन । कपिलबस्तुबाट निर्वाचित प्रदेशसभा सदस्य पन्थीले प्रदेशको राजधानी दाङको भालुवाङमा राख्न गरिएको सरकारी प्रस्ताव बिरुद्ध संसोधन प्रस्ताव लैजाने बताएका छन ।
म पहिल्यै देखि कपिलबस्तु राजधानी बनाउनु पर्छ भन्ने पक्षमा हो अहिले पनि त्यही कुरामा दृढ छु अव चल्ने प्रदेशसभा बैठकमा कपिलबस्तु राजधानी बनाउने प्रस्ताव लैजान्छु । उनले भने ।
प्रदेश ५ को राजधानीका लागि कपिलबस्तु सबै हिसावले उपयुक्त स्थान हो, सुगमता, सहजता र भौगोलिक हिसावले गुल्मी देखि बर्दिया सम्मका नागरिकलाई पायक पर्ने ठाउ हो  त्यसैले कपिलबस्तु राजधानी बनाृन मेरो अडान आजपनि उत्तिकै छ पन्थीले भने ।
राजधानीको नाम र मुकाम प्रस्ताव गर्ने बिशेष समितीको सदस्य भई कार्य सम्पादन समेत गरेका पन्थीले पार्टिले दाङको भालुवाङ बनाउने प्रस्तावका पक्षमा मतदान गर्न निर्देशन गरे पनि उक्त ह्विप नमान्ने बताए ।
म मात्र होईन कपिलबस्तुका कुनै पनि प्रदेशसभा सदस्यले भालुवाङमा राख्ने प्रस्तावको पक्षमा मतदान गर्नु हुन्न उनले ठोकुवा गरे । गौतमबुद्धको जन्मस्थल लुम्बिनी, तिलौराकोट र गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल नजिकै रहेकोले कपिलवस्तु मात्रै प्रदेश राजधानीको लागि उपयुक्त स्थान रहेको उनले बताए । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation