स्थायी राजधानी टुंगो नलाग्नुजेल दागं र अर्घाखाँचीमा जग्गा किन बेच राेक्का

प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दागंको भालुवाङ्ग तोक्ने निर्णय गरेसंगै दागंको दुई पालिका र अर्घाखाँचीको एउटा पालिकाको दुई वटा वडामा जग्गा रोक्का गर्न सम्बन्धित मालपोत कार्यालयहरुलाई पत्राचार गरेको छ ।
मुख्यमन्त्री कार्यालयबाट मालपोत कार्यालय लमही, दागं र अर्घाखाँचीलाई सम्बोधन गरिएको पत्रमा उल्लेख गरिए अनुसार दागं जिल्लाको राप्ती गाउँपालिका पुरै, गढवा गाउँपालिका १,२,३ र अर्घाखाँचीको शितगंगा नगरपालिकाको वार्ड नं. ८ र ९ को जग्गा किन वेच र कित्ता काट गर्न रोक्का लगाईएको हो ।
मन्त्रिपरिषदको असौज १६ गतेको निर्णय अुनसार प्रदेश राजधानी र नामकरणको सम्बन्धि प्रस्ताव प्रदेश सभामा प्रस्तुत गरेकोले अर्को आदेश नभए सम्मका उक्त जग्गा किन वेच र कित्ता काट गर्न रोक्का लगाईएको छ । प्रदेश राजधानीको लाइ लिएर भु:माफियाहरूकाे चलखेल राेक्न यस्ताे निर्णय गरिएकाे हुन सक्ने बुझिएकाे छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation