भैंसीले हान्दा ५५ वर्षीया महिलाको मृत्यु

दाङमा भैंसीले हानेर एक महिलाको मृत्यु भएको छ ।
गढवा गाउँपालिका वडा नम्बर ६ बालापुर निवासी ५५ वर्षीया राधा यादवको आज मृत्यु भएको हो । चराएर घर फर्कने क्रममा आफ्नै घरमा पालेको भैंसीले उनलाई हानेको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ । घाइते यादवको उपचारका क्रममा लमही अस्पतालमा मृत्यु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation