सवारी दुर्घटनामा घाईते भई उपचारका क्रममा ज्यान गुमाएका शसस्त्र प्रहरी बेस क्याम्प पिपरामा कार्यरत प्रहरी जवान नारायण पौडेलको आज अन्यष्टि गरिएको छ ।
विजया दशमीको अर्काे दिन कात्तिक ११ गते कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ८ स्थित बोडगाउँमा स्कुटर दुर्घटनामा घाईते हुनुभएका पौडेलको उपचारका क्रममा बुधबार ज्यान गएको थियो । ३२ वर्षिय पौडेल राति घर जानका लागि फर्किदै गर्दा दुर्घटनामा पर्नुभएको प्रहरीले जनाएको छ ।
उहाँलाई सुरुमा उपचारका लागि पिपरा अस्पतालमा लगिएको थियो । त्यहा उपचार सम्भव नभएपछि वुटवल पु¥याइएको शसस्त्र प्रहरी निरिक्षक अर्जुन प्रसाद ढकालले बताउनुभयो । पौडेलको उपचारका क्रममा वुटवलमा मृत्यु भएको हो ।
स्वर्गिय पौडेलको आज शसस्त्र प्रहरीले संगठनको नियम अनुसार लक्ष्मणघाटमा अन्तिम शोक सलामी सहित अन्त्यष्टि गरिएको जनाएको छ । स्वर्गिय पौडेलको अन्त्मि शोक सालमीमा शसस्त्र प्रहरी बल कपिलवस्तुका प्रमूख धुव्र बहादुर कार्की, शसस्त्र प्रहरी बेस क्याम्प पिपराका प्रमूख अर्जुन ढकाल सहित प्रहरी जवानहरुको उपस्थिती रहेको थियो ।
स्वर्गिय पौडेलको अन्त्यष्टि पछि ईन्सपेक्टर ढकालले करिब ११ बर्ष सेवा गरिसकेका पौडेल ईमान्दार र सधै सेवामा सक्रिय रहने स्वभावको रहेको भन्दै आफ्नो संगठनको एक ईमान्दार जवान गुमाउदा दुख लागेको बताउनुभयो । उहाँले उनको परिवारका लागि शसस्त्र प्रहरी बलको तर्फबाट हुने सबै सेवा र सुविधा प्रदान गरीने पनि बताउनुभएको छ ।
स्वगिय पौडेलको घर कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ७ मोतिपुर हो । उनी हाल शसस्त्र प्रहरी बेसक्याम्प पिपरामा सवारी चालकको रुपमा कार्यरत रहेका थिए । उनको राति करिब साढे १२ बजे स्कुटर दुर्घटना भएको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । डिउटी सकेर घर जाने क्रममा स्कुटर दुर्घटना भए पनि उनको जेनस अस्पताल वुटवलमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक दिनेश गुरुङले बतउनुभयो ।
३२ बर्षीय पौडेलले विगत ११ वर्ष देखि सशस्त्र प्रहरी बेस क्याम्प पिपराको गाडी चलाउँदै आएका थिए । बर्षौदेखि गाडीलाई कुशलतापूर्वक हाकेका पौडेलको आफैले चलाएको दुईपाङग्रे स्कुटर दुर्घटना भएर निधन हुन पुगेको हो ।