मोटरसाइकल दुर्घटना हुदाँ पाल्पामा एक जनाको मृत्यु

तानसेन-तम्घास सडक खण्ड अन्तर्गतको रिब्दीकोट–३, स्थित सिरुखर्क भन्ने स्थानमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको ज्यान गएको छ । शनिबार बिहान साढे ११ बजेतिर तानसेनदेखि रिडीतर्फ जाँदै गरेको लु १९ प ८१७५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकमा पल्टिदा मोटरसाइकल चालक तानसेन–१४, का ३८ वर्षीय हरिप्रसाद ज्ञवालीको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका ज्ञवालीलाई उपचारका लागि लुम्विनी मेडिकल कलेजमा ल्याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।
ज्ञवालीसँगै मोटरसाइकलमा सवार गुल्मी जिल्ला ग्वादी–४, बस्ने ४३ वर्षका अनिल ज्ञवाली सामान्य घाइते हुनुभएको पाल्पाका प्रहरी नायव उपरीक्षक मदन गिरीले जानकारी दिनुभयो । सामान्य घाइते हुनुभएका अनिल उपचारपछि डिस्चार्ज हुनुभएको अस्पतालले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation