अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालीका वडा नम्बर – १० बिहार र माटेको बिचको सडकखण्डमा मोटरसाइकल दुर्घटनामा परेको छ।
दुर्घटना पर्नेमा लु २५ प. १२०६ नम्बरको मोटरसाइकल रहेको छ। मोटरसाइकल सडकखण्ड देखि करिब १५/ २० मिटर तल खोलामा झरेको छ।
दुर्घटनामा मोटरसाइकल चालक सहित २ जना सामान्य घाइते भएका छन्। तिब्र गतिका कारण मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुन् पुगेको प्रहरी श्रोतले जनाएको छ।
घटनाको थप जानकारी आउँन बाँकी रहेको छ।