बुद्धस्थलमा घुम्न आउने पर्यटकलाई उनकै भाषामा बोलेर पर्यटकीयस्थलको बारेमा जानकारी दिन सक्ने सामथ्र्य राख्ने राहुल साहनी वेपत्ता भएका छन । कपिलवस्तुको तौलिहवा घर भएका साहनी गत कार्तिक १७ गते स्कूल जानेक्रममा वेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा आफ्नो छोरा हराएको भन्दै परिवारले उजुरी दिएपछि यो कुरा मंगलबार बाहिर आएको हो ।
विदेशका प्राय सबैजसो भाषा बोल्न सक्ने साहनी कुनै समय सामाजिक सञ्जालमा भाइरल बनेका थिए । १३ बर्षीय उनको यो विलक्षण प्रतिभा देखिएपछि उनको चर्चा ह्वात्तै बढेको थियो ।
शाहनी कहाँ गए केही पत्ता छैन । परिवारले चारैतिर खोजविन गरेपनि कही नभेटाएपछि प्रहरीलाई जानकारी दिएको हो । उनका बुवाले आफ्नो छोरालाई खोजविन गर्न सबैसंग आग्रह गर्नुभएको छ ।