बालुवाटारमा निर्माण भएको हेलिप्याडबाट उडान सुरु

काठमान्डाै- प्रधानमन्त्री निवास बालुवाटारमा निर्माण भएको हेलिप्याडबाट उडान सुरु भएको छ । नागरिक उड्डयन प्राधिकरणको मापदण्डअनुसार प्रधानमन्त्री निवास बालुवाटारमा अत्याधुनिक हेलिप्याड निर्माण कार्य सम्पन्न भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्। 
बुधबार प्रधानमन्त्री संखुवासभा जाने क्रममा बालुवाटारको यसै हेलिप्याडमा उडान गरिएको थापाले बताए ।  निर्माण कार्य सम्पन्न भएको छ । प्रधानमन्त्री ओली बुधबार नेपाली सेनाको हेलिकप्टरबाट संखुवासभा गएका थिए । बेलुका फर्किँदा पनि सोही हेलिप्याडमै हेलिकप्टर अवतरण गरिएको उनले जानकारी दिए । 
प्रधानमन्त्री निवासभित्रै हेलिप्याड बनेपछि अब एयरपोर्ट आउने–जान समय बचत हुने र ट्राफिक जाम झेल्नु पर्ने समस्या हल भएको सल्लाकार थापाको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation