राैतहट– रौतहटको माधवनारायण नगरपालिकामा गोली हानेर एक १८ वर्षीया युवतीको हत्या भएको छ । बुधबार राति सुतिरहेको अवस्थामा माधवनारायण नारायण नगरपालिका–५ की १८ वर्षीया अमृताकुमारी साहको हत्या भएको हो ।
जिल्ला प्रहरी कार्यालय, रौतहटका अनुसाार घटनाको विषयमा अनुसन्धान भइरहेको छ । घटनाको अनुसन्धान प्रहरी परिचालन भइसकेको र दोषीलाई चाँडो पक्राउ गर्ने रौतहटका प्रमुख जिल्ला अधिकारी (सीडीओ) इन्द्रदेव यादवले जानकारी दिएका छन् ।
एक वर्षअघि सर्लाही विवाह भएको भए पनि उनी माइतमा बस्दै आएको खुलेको छ । रातको समयमा गोली हानेर युवतीको हत्या भएपछि गाउँमा त्रास फैलिएको छ । उनको २०७६ फागुनमा सर्लाहीको मधुवनगोठका रुपेश साहसँग विवाह भएको थियो । विवाहपछि उनी माइतमै बस्दै आएकी थिइन् । मृतक युवतीका श्रीमानलाईसमेत अज्ञात समूहले चक्कु प्रहार गरेका थिए । मध्यरातमा युवतीको टाउकोमा गोली लागेको र घटनास्थलमै उनको मृत्यु भएको घटनास्थल पुगेका सुरक्षाकर्मीले जानकारी दिएका छन् ।