नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्यमा १ सय रुपैयाँले कमी आएको हो । गतसाता अस्थिर रहेको सुनको मूल्य कात्तिक २८ गतेपछि बजार खुल्दा १ सय रुपैयाँले घटेको हो ।
महासंघका अनुसार बुधबार छापावाल सुन ९५ हजार १ सय तथा तेजाबी सुन ९४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, बुधबार चाँदीको मूल्य भने १० रुपैयाँ बढेको छ । चाँदी प्रतितोला १ हजार २३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।