बुुटवलको कोरोना विशेष अस्पतालमा थप एक संक्रमितको मृत्यु

रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा आज थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ  ।कार्तिक १६ गते कोरोना पुष्टि भएकी महिलाको आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।रोल्पाकी ७७ वर्षीया ती महिलाको उपचारको क्रममा आज मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए । डा. गौतमका अनुसार उनमा ज्वरो, दम, मधुमेह र श्वासप्रश्वाससम्बन्धी समस्या रहेको थियो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation