जुवातास खेल्दै गर्दा २५ जना पक्राउ

कपिलवस्तुमा ७ जना जुवाडे पक्राउ परेका छन्। बाणगंगा नगरपालिका–४ का रवीन्द्रप्रताप सेनको घरमा जुवातास खेलिरहेको अवस्थामा घरधनी सेन पनि पक्राउ परेका छन्।मंगलबार राति जिल्ला प्रहरी कार्यालय कपिलवस्तु र इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीले उनीहरूको साथबाट नगद १,११,६१३ रूपैयाँ र २ गड्डी तास बरामद गरेको छ। तनहुँको बन्दीपुर गाउँपालिका–१ छापमा रहेको खाली घरमा कौडा खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३५ वर्षीय लक्ष्मण कपालीलगायत १४ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय भानुमुकाम डुम्रेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५५,५५० रूपैयाँ र कौडासहित पक्राउ गरेको हो। यस्तै, बागलुङ नगरपालिका–३ गुठीस्थित अमिना होटलमा तास खेलिरहेका अवस्थामा सोही ठाउँ बस्ने बस्ने ५० वर्षीय हिरा थापालगायत ४ जना मंगलबार राति पक्राउ परेका छन्।जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९०,४७५ रूपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation