करणी पछि सबनामको हत्या गरिएको परिवारको आरोप, ’पोष्टमार्टम रिपोर्ट’ अर्कै

कपिलवस्तु, देशभर लैगिंक हिंसा विरुद्धको १६ दिने अभियन चलिरहदा महिला माथि हुने यौन तथा हिंसाका घटनामा भने कुनै कमी आएको छैन् । किशोरीलाई बलत्कार गरि हत्या गरेको आरोप लगाएको परिवारले न्याय नपाएको बताएका छन् । जिल्लाको मायादेबी गाउँपालिका(२ अभिरावको मनखोरिया गाउँमा एक युवतीको सामूहिक बलात्कारपछि हत्या गरिएको परिवारको आरोप लागेको छ । गत कार्तिक २९ गते राति १७ वर्षीया सबनाम खातुनको सामूहिक बलात्कारपछि पासो लगाई हत्या गरिएको मृतकको परिवारको आरोप छ। स्थानीय पिन्टु भन्ने सर्वजित धोबी, २५ वर्षीय रामकुमार धोबी, राजमति पासी, शिवलाल धोबीले आफ्नो छोरीको बलात्कार पछि हत्या गरेको मृतकका बुवा अब्दुल गफ्फारले आरोप लगाएका छन् । एक जना महिलाले रातमा छोरीलाई बलाएको र सेटिग मिलाएर घटना गराइ मारेर मात्र रुखमा लगेर झुण्डाएको बताए । घर वरिपरिको सबैलाई थाहा छ तर भनेपछि प्रहरीमा आउन जान तथा दुस्मति हुने कारणले कोही नबोलेको बताए ।
गत २९ गते राति घरबाट एकाएक गायब भएपछि बिहान ४ बजे तिर छोरीको शव रुखमा पासो लगाएर झुन्डिएको परिवारले भेटाएको छ । ‘कार्तिक २९ गते राति छोरी गायब भएको थाहा पायौ, रातभरी खोजतलास गर्दा गाउँ कै आपको रुखमा छोरीलाई झुन्डिएको अवस्थामा भेटायौ’ उनले भने। पिन्टु र छोरीको प्रेम सम्बन्ध रहेको र ४ महिना अघि दुबैलाईसंगै आफूले समेत भेटेको उनले बताए। त्यति बेला आफूले पिन्टु र छोरी दुबैलाई हप्काएको र पिन्टुलाई एक दुई झापड समेत हानेको उनले बताए। आफूले पिन्टुलाई छोरीसंग आईन्दा नभेट्न र हानेको झापडले गर्दा त्यही कुराको बदला लिन पिन्टुसहित ४ जनाले छोरीको हत्या गरेको गफ्फारको दाबी छ। गफ्फारका अनुसार छोरीको शव रुखमा झुन्डिएको अवस्थामा भेटिएको र रुखको हांगामाथि हात थियो। चप्पल समेत लगाएको अवस्थामा, खुट्टामा हिलो लागेको र पासो समेत पुरा नबाधिएको अवस्थामा शव रहेको थियो। ‘हातको ठीक माथि रुखको हांगा हुनु र चप्पल समेत खुट्टा मै हुनुले पनि छोरीको हत्या गरिएको हो’ उनले भने। उता पिन्टुलको परिवारले भने युवतीले आफैले आत्महत्या गरेको दाबी गरेका छन्। प्रेम सम्बन्धलाई परिवारले अस्विकार गरे पछि आबेगमा आएर सबनमले आत्महत्या गरेको र आफूहरुलाई त्यसै फसाउन खोजिएको उनीहरुको भनाई छ। जिल्ला प्रहरी कार्यालका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले पोस्टमर्टको रिपोर्टमा झुण्डीएर आत्महत्या गरेको प्रतिवेदन स्वास्थ्य कार्यालय कपिलवस्तुबाट आएको बताए । अधिकारले भने पिडक र पिडीत पक्ष भन्ने कुरा पक्ता लगाउने अदालतल गर्ने कुरा हो हामीले घटनाको बारेमा सोधपुछ र अनुसन्धान निरन्तर गरिरहेका छौ ।उता अधिकारकर्मी मधेश मानव अधिकार गृहका अध्यक्ष रवि ठाकुरले उक्त घटनाको निष्पक्ष छानवन गर्नु पर्ने बताए हामिले घटना घटेपछि प्रेस विज्ञप्ती निकालेर सम्वन्धीत पक्षको ध्यान आर्कर्षण गरायौ तर परिवारको कुरा र पोष्टमार्टको नतिजाले घटनामा शंका थपेको उनले बताए । आफुले स्थलगत अनुगमन गर्दा घटनाको प्रकृति हेर्दा हत्या गरि झुण्डाइएको जस्तो देखिन्छ घटनाको सुस्म अध्ययन गर्नुपर्ने आफुहरुको माग रहेको छ । मृतक किशोरीको परिवारले भने मिलोमतोमा पोष्र्टमार्टम रिर्पोटमा आत्महत्या गराएको आरोप लगाएका छन् । हत्याको दिन राति कुकुर भुकेको र सो बेला उक्त किशोरीलाई लिएर गएको एक जनाले देखेको तर आफुलाई समस्या पर्ने भएकोले पछि उनले उक्त कुरा सार्वजनीक नगरेको समेत परिवारजनको भनाइ छ ।
साभार हाम्रा कुरा

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation