कोरोनाबाट थप १८ को मृत्यु, मृतक संख्या १७ सय नाघ्यो

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १८ संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म नेपालमा कोरोनाका कारण मृत्यु हुनेहरूको कुल संख्‍या १७ सय १६ पुगेको छ।त्यस्तै पछिल्लो २४ घण्टामा थप ८२१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यससँगै हालसम्म संक्रमित हुनेहरूको कुल संख्या २ लाख ४९ हजार २४४ पुगेको छ। हाल संक्रिय संक्रमितको संख्या १० हजार ९५५ छ।त्यसैगरी, सोमबार थप ८४२ जना कोरोना संक्रमितका बिरामी निको भएका छन्। यससँगै नेपालमा कोरोनाबाट निको हुनेहरूको कुल संख्या २ लाख ३६ हजार ५३३ पुगेको छ।
हालसम्म १८ लाख ३६ हजार ४६४ पिसिआर नमुना परीक्षण भएको पनि मन्त्रालयले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation