वन उपभोक्ताहरुद्धारा आज कपिलवस्तुमा यातायात बन्द, प्रहरी भन्छ ‘बन्द हुन दिँदैनौँ

कपिलवस्तुमा वन उपभोक्ताहरुले आज यातायत बन्द गर्दै छन् । वैज्ञानिक बन व्यवस्थापन सञ्जालले कपिलवस्तुमा यातायात बन्द आहुवान गरेका हुन् ।उपभोक्ताले यातायात बन्दको घोषणा गरे पनि कुनै पनि हालतमा यातायात सञ्चालन गरिने प्रहरीले जनाएको छ । विहान ११ बजेबाट बन्द हुने जनाइएको छ । त्यसको लागि विहान ११ बजे कपिलवस्तु र रुपन्देहीको सिमामा उपभोक्ताहरु जम्मा हुने बताइएको छ ।

कपिलवस्तुका प्रहरी प्रमुख नबराज अधिकारीका अनुसार बन्द रोक्न विहानैदेखि ठाउँठाउमा प्रहरी परिचालन गरिएको बताउनु भयो ।यातायात बन्दको घोषणाले माग पूरा हुदैन बिकल्प अरु पनि छन् । यसरी आमहडताल गर्दै जनतालाई सास्ती दिएर बन्द गर्न पाइँदैन । कुनै समुहले पनि यस्तो गर्न पाउँदैन उहाँले भन्नुभयो । सरकारले वैज्ञानिक वन व्यवस्थापनमा लगाएको रोक फिर्ता नलिएको भन्दै उउपभोक्ताले जारी गरेका चरणवद्ध कार्यक्रम अन्तर्गत आज बन्द गरिएको हो ।

उनीहरुले अस्ति कपिलवस्तुको चन्द्रौटा डिभिजन वन कार्यालय घेराउ समेत गरिसकेका छन् भने सरकारलार्ई थप दबाब दिन आजको लागि कपिलवस्तु बन्द आह्वान गरिएको संजालकी अध्यक्ष रेणु सेनले जानकारी दिनु भयो ।वन सबैको भएको हुनाले बन्द सफल बनाउन सघाउन पनि उहाँको सबैलाई आग्रह छ । बन्दको प्रभाव विहानैदेखि परेको छ । केहीदिन अघिबाट बन्द भनिएकाले विहानै हिजो अस्तिको तुलनामा यातायत थोरै मात्रामा चलेका छन् ।

mayadevi savar

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation