गोरुसिंगेमा राति भयानक दुर्घटना, अर्घाखाँचीकी २५ बर्षिय युवतीको मृत्यु


कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा आज राति दुर्घटनामा परेर एक युवतीको मृत्यु भएको छ । गोरुसिंगे तौलिहवा रोडको चोकमा पुर्वबाट पश्चिम जाँदै गरेको लु १ ख ७३०७ नम्बरको टिप्परले बिपरित दिशाबाट आउदै गरेको लु ५ प ९६३१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा अर्घाखाँची साविक सिद्दारा ७ कि २५ बर्षिय निशा विकको मृत्यु भएको हो ।

उनी मोटरसाइकलको पछाडी सवार थिइन् । ईलाका प्रहरी कार्यालय गोरूसिङगेका प्रहरी निरिक्षक कृष्ण रानामगरका अनुसार मोटर चालक अर्घाखाँची साविक सिद्धारा ७ का बम बहादुर बिक गम्भीर घाईते भएका छन् । घाईते बिकको थप उपचारको लागि बुटवल पठाईएको र ठक्कर दिने टिप्पर चालक र टिप्परलाई नियन्त्रणमा लिएको गोरूसिङगे प्रहरीले जनाएको छ । तिव्र गतिमा रहेका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation