वैशाखमा चुनाव नभए खतरा: मानव अधिकारवादी

बुटवल। मानव अधिकारवादी नेता कृष्ण पहाडीले प्रधानमन्त्री केपी ओलीले प्रतिनिधीसभा विघटन गरेर संवैधानिक कू गर्न खोजेको आरोप लगाएका छन्। सरकारले बैशाखमा चुनाव गर्ननसके विदेशी शक्तिको रजाईमा मुलुकमा गृहयुद्ध मचिन सक्ने उनले आशंका गरेका छन्।
मानवअधिकार तथा शान्ति समाज रुपन्देहीकोे शनिवार बुटवलमा आयोजित २१ औँ साधारणसभा तथा १२ औँ अधिवेशनलाई सम्बोधन गर्ने क्रममा पहाडीले उक्त धारणा राखेका हुन।ओलीले यस असंवैधानिक कदमप्रति अहिले राजावादी र विप्लव माओवादीहरु सबै भन्दा बढी खुशी भएको बताउदैं ठूलो संघर्ष र वलिदानीले संविधानसभाबाट जनताले ल्याएको वर्तमान संविधान रक्षा गर्नुपर्नेमा जोड दिए।
प्रतिनिधीसभा पुर्नस्थापन गर्न आग्रह गर्दै उनले भने यतिवेला प्रधानन्याधिश चोलेन्द्र शमशेरको विवेक जांच्ने बेला भएको छ, लोकतन्त्रवादी एवं काँग्रेसले प्रतिगमनका विरुद्धमा अडिग भएर नागरिक अधिकार एवं संविधानको रक्षामा लागोस । शेरबहादुरजी सत्ताको पछि लागे भने उनलाई पनि जनताले लखेट्नेछन्।
यसैगरी उक्त कार्यक्रममा लुम्बिनी प्रदेश नेपाली कांग्रेस संसदीय दलकी सचेतक निर्मला क्षेत्रीले न्यायालयले संसद पुर्नस्थापना गरेर ओलीको असंवैधानिक कदमलाई सचाएर आँखा खोलिदिन आग्रह गरिन।
नेकपाका नेता एवं लुम्बिनी प्रदेशका सांसद विष्णु पन्थीले बहुमत जनताको अभिमतलाई कुल्चेर ततकालै अर्वाै खर्च गरेर चुनावमा जान खोज्नु मुलुकका लागि अनिष्ट भएको वताए।
उक्त कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय अध्यक्ष उत्तम पुडासैनी, वरिष्ठ उपसभापति गोविन्द खनाल, शान्ति समाज रुपन्देही सभापति डीपी खनाल, ट्रेड युनियन काँग्रेसका केन्द्रिय उपाध्यक्ष अजय राई, यसैगरी राससका पूर्व अध्यक्ष वरिष्ठ पत्रकार बालकृष्ण चापागाई, उच्च अदालत बुटवल वारका अध्यक्ष जोग बहादुर खत्री, राष्ट्रिय मानव अधिकार आयोग बुटवलकी प्रमुख सम्झना शर्मा,
मधेश मानव अधिकार गृह (माहुरी होम)का संस्थापक अध्यक्ष रवि ठाकुर, इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक प्रतित सिंह राठौर, समाजका केन्द्रिय सचिव अर्जुन गौतम, केन्द्रिय सदस्य मीना ढकाल, रुपन्देहीका सचिव अर्जुन ज्ञवाली लगायतले सरकारले असंवैधानिक एवं अलोकतान्त्रिकढंगले प्रतिनिधिसभा विघटन गरेर देशलाई दुर्घटनातर्फ लगेकोले यस्तो कार्यको विरोध गर्नुपर्ने धारणा राखेका थिए।
समाजमा सर्वसहमत नेतृत्व चयन
यसैविच मानव अधिकार तथा शान्ति समाज रुपन्देहीको शनिवार सम्पन्न ११औँ अधिवेशनले पुनः डिपी खनालको नयाँ कार्यसमिती सर्वसम्मत चयन गरेको छ।
जसको उपसभापतिमा खिमलाल (कृष्ण) भट्टराइ, सचिवमा कपिल ज्ञवाली, सहसचिवमा कृष्ण पाण्डे, कोषाध्यक्षमा धनकुमारी खनाल, सदस्यमा अर्जुन कुवर, कमला पाण्डे अधिकारी, जमुना पौडेल, बिजु पौडेल, सिता भट्टराई, लिलाधर लुइटेल, लक्ष्मी घिमिरे, बिष्णु थापा, मेघराज भट्टराई र फूलु सुनार चयन भएको निर्वाचन समितिका संयोजक हरिश ढकालले जानकारीदिए। विधानले कार्यसमितीको कार्यकाल २ वर्ष तोकेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation