प्रदीप र गोकर्णको भेटमा किन भए दुबै भावुक ?

गुल्मी ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विभाजनदेखिपछि शुक्रवार परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र पूर्वमन्त्री गोकर्ण बिष्टबीच पहिलो पटक गृहजिल्ला गुल्मीमा भेटघाट भयो ।नेपाल कम्युनिष्ट पार्टी ओली समूहका प्रवक्ता रहेका ज्ञवाली नेकपा प्रचण्ड माधव समूहका स्थायी कमिटी सदस्य बिष्टकी आमाको निधनमा समावेदना प्रकट गर्न गुल्मीको ईस्मा गाउँपालिका वडा नम्वर ४ दोहली स्थित बिष्टको घरमा विहिवार दिउँसो पुगेका थिए ।

त्यहाँ दुबै नेताहरु भावुक मुद्रमा देखिएका थिए । स्वर्गीय आमा चिन्ताकला बिष्टले आफूहरुलाई विपदको बेला उर्जा दिएको स्मरण गर्दै दुबै नेता मन्तब्यका क्रममा भावुक बने ।शोक मन्तब्य ब्यक्त गर्दै ज्ञवालीले नेपालको कम्युनिष्ट आन्दोलनको आकाशमा केहि समय बादल लागे पनि कुनै दिने घाम लागेपछि सुर्य उदाउने बताए ।उनले अहिले जो जुन जुन समूहमा रहे पनि निरास नभई अन्य पार्टीमा नलागि कम्युनिष्ट मै रहन कार्यकर्ताहरुलाई आग्रह गरे ।

पार्टी विभाजनपछि तत्कालीन एमालेका नेता ज्ञवाली र विष्ट यतिबेला फरक कित्तामा उभिएका छन् । ज्ञवाली र मातृ शोकमा रहेका विष्टको मुहारमा पार्टी विभाजनको थप पीडा देखिन्थ्यो ।नेता ज्ञवालीसँगै शोक सभामा ओली समूह र प्रचण्ड नेपाल समूहका कार्यकर्ता पुगेका थिए । दुबै पक्षमा पार्टी फुटको चिन्ता झल्किन्थ्यो । नेता बिष्टकी आमाको पुस २८ गते निधन भएको थियो । पूर्वमन्त्री बिष्टका जेष्ठ दाजु लक्ष्मण बिष्ट ईस्मा गाउँपालिकाका प्रमुख हुन् । उनीहरु ५ भाई र दुई दिदी बहिनीहरु रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation