सभापति देउवा र अमेरिकी राजदूतबीच भेटवार्ता

काठमाडौं : नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत र्‍यान्डी डब्ल्यु बेरीले सोमबार शिष्टाचार भेटवार्ता गरेका छन्। सभापति देउवा निवास बूढानीलकण्ठमा भएको भेटवार्तामा उनिहरुबीच नयाँ राष्ट्रपतीय प्रशासन आएपछिको उक्त प्रशासनको विश्वव्यापी प्राथमिकताहरूको बारेमा छलफल भएको  नेपालस्थित अमेरिकी दुतावासले जनाएको छ।  भेटका क्रममा राजदूत बेरीले लोकतन्त्रहरूको सबलीकरण, जलवायु परिवर्तन तथा महिला अनि बालिकाहरूको अधिकारको प्रवर्द्धन लगायत अमेरिकी सरकारका प्राथमिकताका प्रतिवद्धताहरू पुनः दोहोर्याएको जनाइको छ। भेटमा उनिहरुबीच द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने र दुई देशबीचको दशकौंदेखिको विकास साझेदारी अझ प्रभावकारीरुपमा अघि बढाउनेलगायत विषयमा छलफल भएको थियो। 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation