कृष्ण पहाडीको आरोपः खड्क प्रसाद ओली सेटिङ, भेटिङ र फिक्सिङमा तल्लिन छन्

मानव अधिकारकर्मी कृष्ण पहाडीले प्रधानमन्त्री खड्क प्रसाद ओली प्रधानमन्त्री भएदेखि नै सेटिङ, भेटिङ र फिक्सिङमा लागेर आफु मात्र नेपाल र म मात्र सत्ता हो भन्ने पक्षमा लागेको बताएका छन् ।
कपिलवस्तुको तौलिहवामा विहीबार आयोजित प्रतिगमन विरुद्धको सभामा बोल्दै पहाडीले केपी ओलीले राज्य संन्यत्रका सबै निकाय सेटिङ गरेर कब्जा गरेको बताए ।

त्यस्तै विदेशी शक्तिसंग भेटिङ अर्थात भेटघाट गरी जताततै मिल्ने वा अरु देशको चाहना पुरा गराउन लागेको समेत उनले आरोप लगाए । त्यस्तै आफु लगातार प्रधानमन्त्री बन्नको लागि संसद विघटन गरी लामो समयसम्म प्रधानमन्त्री बन्न फिक्सिङ गरेको समेत पहाडीले बताएका छन् ।

पहाडीले दल र नेता प्रति जनताको वितृष्णा बढेको भन्दै नेता तथा दल सुधारियर लोकतन्त्र बचाउन र संविधानको रक्षा गर्न लाग्नु पर्ने बताए । साथै उनले निर्वाचन नहुने तथा संसद पनि पुनःस्थापना हुन नसके देशमा अराजकता र दुर्घटना हुन सक्ने बताएका छन् ।

खड्क प्रसाद जीले जता जहाँ गए पनि अनावश्यक बोल्दै हिडेको कारण, जात, धर्म, संघीयता जस्ता पक्षमा आन्दोलन हुन सक्ने र अशान्ती हुन सक्ने भन्दै सबै जनतालाई लोकतन्त्र बचाउन र खड्क प्रसाद ओलीको असंवैधानिक कदमप्रति नागरिक सचेत भएर आन्दोलनमा उत्रन समेत उनले आग्रह गरेका छन् ।

कार्यक्रममा कांग्रेस नेता दीपकुमार उपाध्याय, राजपाका रविन्द्र मिश्र, मानव अधिकार तथा शान्ति समाजका अध्यक्ष उत्तम पुडासैनी, उपाध्यक्ष गोविन्द खनाल, बार एसोसियनका जिल्ला अध्यक्ष हुमबहादुर कुवँर, पत्रकार शम्भु शैनी, प्राध्यापक संघका नवराज तिवारी, पशुपतिमणि त्रिपाठी, माया ज्ञवाली, बसन्त बन्जाडे रामदयाल ठाकुर लगायतले बोलेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation