चिनियाँसहित ४ कम्पनी सरकारको कालोसूचीमा

 सरकारले चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरुलाई एक वर्षसम्मका लागि कालो सूचीमा राखेको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सुजन कडेल मुख्य व्यक्ति रहेको श्रृगेश्वर ट्रेड इन्टरनेशनल काठमाडौं, रविन्द्र गौतम र प्रदीप बुढाथोकीको आर एण्ड जी बिल्डर्स काभ्रे र राजेश कुमार श्रेष्ठको सान्यो इन्टरनेशनल प्राइभेट लिमिटेड पुतलीसडकलाई कालोसूचीमा राखेको हो ।यसैगरी जियाङ्गसु जिआलोङ्ग इन्जिनियरिङ कन्सट्रक्सन चाइना (जेजेईसीसीएल)–पप्पु कन्सट्रक्सन तीनकुने–कोशी एण्ड न्यौपाने निर्माण सेवा नयाँबानेश्वरलाई पनि सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ ।कालो सूचीमा परेका निर्माण व्यवसाय तथा आपूर्तिकर्ताहरुले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउँदैनन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation