दुईतिहाई मतले जित्ने दावि सहित बेल्वासेको प्यानल सार्वजनिक

कपिलवस्तु २० माघ ।कपिलवस्तु उद्योग बाणिंज्य संघको चुनावी माहोल बढि रहदा नेकपाले अध्यक्षमा टोपनारायण बेल्बासेलाई अगाडि सारेको छ ।  मंगलबार पत्रकार सम्मेलन गरि अध्यक्ष पदका उम्मेदवार बेल्बासेले   आफू उद्योगी ब्यवसायिहरुको हक हितको पक्षमा वकालत गर्दै आएकोले अत्याधिक मत दिएर अध्यक्षमा   पदमा बिजयी गराउन अपिल गर्नु भएको छ । उहाँले उद्योगीको पक्षमा १२ वुँदे घोषणा पत्र समेत सार्वजनिक गर्दै आफ्नो सिंगो नेकपाको प्यानललाई जिताउन आग्रह गर्नु भएको छ  । अध्यक्षका प्रत्यासी बेल्वासेले आफ्नो प्यानलले २ तिहाईमका साथ जित्ने दावि समेत गर्नु भएको छ । 

नेकपाको तर्फ बाट उमेदवारी घोषणा गरिएकामा वरिष्ठ उपाध्यक्षमा छबी रेश्मी मगर , उद्योग तर्फ उपाध्यक्षमा कृष्ण सापकोटा , वाणिंज्य तर्फको उपाध्यक्ष  कृष्ण प्रसाद गैरे , एसोसिएट तर्फ उपाध्यक्ष बिरेन्द्र खाँण , वस्तुगत उपाध्यक्ष तर्फ बाबुराम पाण्डे , महासचिवमा कुशल पौडेल र सचिवमा खिमानन्द पौडेल ( कपिल) रहनु भएको छ । 

त्यस्तै कोषाध्यक्षमा मनोहर योगी , सहकोषाध्यक्षमा यम बहादुर के.सी  रहनु भएको छ । महिला सदस्य तर्फ शान्ति क्षेत्री , गिता पौडेललाई अगाडि सारिएको छ । त्यस्तै लेखा समिति संयोजकमा मोहन न्यौपाने सदस्यमा कृति मल्ल रहनु भएको छ । नेकपा केन्द्रमा विभाजित देखिए पनि जिल्लामा संगठनहरु नफुटेको दाबी गर्दै नेकपाकै  प्यानलको जित सुनिश्चित भएको बेल्बासेले जनाउनु भएको छ । पत्रकार सम्मेलनमा नेकपाका केन्द्रीय सदस्य डम्मर शर्मा र नेकपाका जिल्ला सचिव विष्णु प्रसाद शाहको उपस्थिती रहेको थियो ।  पत्रकार सम्मेलन कुशल पौडेलको सञ्चालन र  राम प्रसाद न्यौपानेको अध्यक्षतामा भएको हो  । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation