अभिराव र डुमरा पुर्ण खोप वडा घोषणा गरियो

कपिलवस्तु, ७ बैशाख
कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिकाका दुई वडाहरु अभिराव र डुमरालाई पुर्ण खोप घोषणा गरिएको छ । पालिकाका वार्ड नम्बर ०२ अभिराव र वार्ड नम्बर ०६ डुमरा गरि दुई वटा वडालाई छुट्टा छुट्टा कार्यक्रममा बिच पुर्ण खोप वडा घोषणा गरिएको हो ।
वार्ड नं. २ अभिरावका वडा कुल ७ सय ९२ परिवारका सम्पुर्ण १६ देखी २३ महिनाका बालबालिकाको सत प्रतिशत खोप सुनिश्चितता भए सगै वडालाई पुर्ण खोप घोषणा गरिएको हो । वडा खोप समन्वय समितीको आयोजनामा समितीका संयोजक समेत रहेका वडा अध्यक्ष सरफुदिन मुसलमानले तोकिएको मापदण्ड अनुसारको खोप पुरा भए पछि वडालाई पुर्ण खोप वडा घोषणा गरेका थिए ।
यसै गरि पालिकाको वार्ड ६ डुमराका ७ सय ७३ घर धुरिका सम्पुर्ण १६ देखी २३ महिनाका बालबालिकाको सत प्रतिशत खोप सुनिश्चितता भए सगै वडालाई पुर्ण खोप घोषणा गरिएको थियो । वडा खोप समन्वय समितीको आयोजनामा समितीका संयोजक समेत रहेका वडा अध्यक्ष सन्दिप कुमार चौधरीले तोकिएको मापदण्ड अनुसारको खोप पुरा भए पछि वडालाई पुर्ण खोप वडा घोषणा गरेका थिए । कार्यक्रममा बोल्दै जिल्ला खोप समन्वय समितिका संयोजक एंव जिल्ला समन्वय समितिका संयोजक नारायाण खनालले स्वास्थ्यकर्मी र जनप्रतिनिधीहरुको संयुक्त मेहनतले वडा र पालिका पुर्ण खोप घोषण भएकोले यस्को दिगोपनका लागि सबै लाग्नु पर्ने बताए ।
पछिल्लो चार महिनामा जिल्लालाई पुर्ण खोप घोषणा गर्ने अभियान तिब्रताका संचालन गरिएको स्वास्थ्य कार्यालय कपिलवस्तुका खोप अधिकृत चिन्तामणी ज्ञवालीले जानकारी दिए । बालबालिकालाई रोगहरुबाट बचाउन खोप आवश्यक रहेको मायादेवी गाँउपालिकाका स्वास्थ्य संयोजक महेन्द्र यादवले बताए । वडास्तरमा खोप लगाएर लिएको खोप कार्ड बिना जन्मदर्ता लगायतका पन्जिकरणको काम नहुने वडा अध्यक्षहरु जानकारि दिएका छन् । अभिराव स्वास्थ्य चौकीका प्रमुख रन कुमार श्रेष्ठको सञ्चालनमा सम्पन्न घोषणासभामा वडाका जनप्रतिनिधी, स्वास्थ्य केन्द्रका कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविकाहरुको उपस्थिती थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation