ताैलिहवा- कोरोना महामारीको लक्षण बिरामीहरुले कपिलवस्तु अस्पताल पुर्ण रुपमा भरिभराउ रहेको छ । बिरामीहरुलाई अस्पतालको बरण्डामा समेत राखेर उपचार भईरहेको छ । यसै क्रममा अस्पतालमा अक्सिजन सिलिण्डरको सहयोगहरु जुट्दै गईरहेको छ ।
अक्सिजन सिलिण्डर खरिदका लागि अभियान आज शनिबार मात्रै अभियान संचालन गरिरहेका कपिलवस्तु नगर चेम्बर अफ कर्मस तौलिहवाका अध्यक्ष अक्सिजन सिलिण्डरको लागि हाल सम्म करिव ५ लाख रुपैया संकलन भएको बताएका छन् । उनले जुट्ने क्रम जारि रहेको जानकारी बताएका छन् ।