काठमान्डू उपत्यका र सातै प्रदेशमा अस्पताल निर्माणको लागि १ अर्ब ३० करोड बिनियोजन

सरकारले काठमान्डू उपत्यका र सातै प्रदेशमा अस्पताल निर्माणको लागि बजेट छुट्याएको छ। काठमान्डू उपत्यकामा तीन सय सैया र सबै प्रदेशमा ५० सैयाको अस्पताल निर्माणको लागि १ अर्ब ४० करोड बजेट छुट्याइएको अर्थमन्त्री बिष्णु पौडेलले बजेट भाषणको क्रममा जानकारी दिएका छन्। 

त्यस्तै कोभिड प्रभावितहरुको लागि औषधि खरिदको लागी सरकारले ५ अर्ब ७३ करोड छुट्याइएको छ भने कोभिड व्यवस्थापनको लागि ३७ अर्ब ५३ करोड छुट्याइएको छ। त्यस्तै कोभिड बिरुद्धको खोप खरिदको लागि सरकारले २६ अर्ब ७५ करोड छुट्याएको छ। कोभिड केन्द्रित बजेट भएकाले बजेटको ठुलो हिस्सा कोभिडको रोकथाम तथा नियन्त्रणको लागि र यसबाट प्रभावित अर्थतन्त्र उकास्नको लागि छुट्याइएको अर्थमन्त्री पौडेलले जानकारी दिएका छन्। 

त्यस्तै सय सैया माथिका अस्पतालमा अक्सिजन प्लान्ट अनिवार्य गरिएको छ। 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation