गृह मन्त्रालयले बनायो दार्चुला घटना लागि समिति

बुटवल, तुइन काटेर नेपाली नागरिकको हत्या गरिएको भन्ने सन्दर्भमा छानबिन गर्न गृह मन्त्रालयले एक समिति गठन गरेको छ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलका अनुसार दार्चुला घटनाको छानबिन गर्नका लागि सहसचिव जनार्दन गौतमको संयोजकत्वमा एक समिति गठन गरिएको हो ।

गौतमको संयोजकत्वमा सुदूरपश्चिम प्रदेशका डीआईजी पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक ९डीआईजी० हुतराज थापा, सशस्त्रका एसएसपी सुरेश कुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रीत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको हो । घटनाबारे सत्यतथ्य बुझेर प्रतिवेदन पेश गर्न उनीहरुलाई १० दिनको समय दिइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation