१ सय ३० अंकले घट्यो नेप्से, सेयर बजारमा पहिरो

उज्यालो पोष्ट,भाद्र २०, २०७८

काठमाडौँ — साताको पहिलो दिन बजार खुले देखि नै ओरोला लागेको सेयर बजार १२ः४५ बजेसम्म करिब १ सय ३० अंकले घटिसकेको छ । यद्यपि गिरावटको क्रम रोकिएको छैन । अघिल्लो कारोबार दिनको तुलनामा यो ४।४७ प्रतिशतले कम हो ।


यो गिरावट सेयर बजारको इतिहासमा हालसम्मकै धेरै हो । यसअघि २०७७ मंसिर २१ गते १ सय २३ अंकले घटेको थियो

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरे यता निरन्तर ओरालो लागेको बजारले आइतबार पनि गिरावट नै देखेको छ ।

मौद्रिक नीतिपछि नेप्से सूचकमा करिब ४ सय अंकको गिरावट आइसकेको छ भने घट्ने क्रम रोकिएको छैन । निरन्तर बजार बजार घट्न थालेपछि लगानीकर्ता निरुत्साहित भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation