बुटवल देविनगर स्थित तिनाउ नदीमा एक शव फेला

बुटवल-८
बुटवल देविनगर स्थित तिनाउ नदीमा एक शव फेला परेको छ । अर्धनग्न अवस्थामा फेला परेको शब स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । अर्धनग्न अवस्थामा फेला परेको शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

घटनास्थलमा पुगेका पत्रकार शिव डुम्रेले शव फेला परेको र प्रहरीलाई जानकारी गराइएको जानकारी दिए। नदीमा बगेर आएको जस्तो देखिने शबलाइ हेर्न स्थानीयको भिड लागेको छ।

इलाका प्रहरी कार्यालय बुटवल डिएसपी मदन कुँवरले शव फेला पारेको भन्ने सूचनाको आधारमा प्रहरी घटनास्थलमा पुग्दै गरेको जानकारी दिए। शवको पहिचान र घटनाको विषयमा अनुसन्धान गरिने उनले जानकारी दिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation