ईपीएलमा चितवनले विराटनगरलाई २ विकेटले हरायो

काठमाडौं ।
चितवन टाइगर्सले एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा सुखद सुरुवात गरेको छ । आइतबार भएको खेलमा चितवनले विराटनगर वारियर्समाथि २ विकेटको जित निकालेको हो ।

त्रिवि क्रिकेट मैदानमा विराटनगरले दिएको १५२ रनको लक्ष्य चितवनले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर पूरा गर्‍यो । चितवनका लागि राजेश पुलामीले अविजित सर्वाधिक ४३ रनको योगदान गरे ।

त्यस्तै, भीम सार्कीले ३० रन बनाउँदा दिलीप नाथले २३ तथा करिम जनतले १८ रन जोडे । अन्तिम बलमा एक रन बनाउन आवश्यक रहेको अवस्थामा राजेश पुलामीले चौका प्रहार गर्दै चितवनलाई जित दिलाएका थिए ।

बलिङतर्फ विराटनगरका लागि सिकन्दर राजा र करण केसीले दुईरदुई विकेट लिए । प्रतिस जिसी, अनिल खरेल र रियन पठानले समान एकरएक विकेट लिए ।

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरका लागि सिकन्दर राजाले ६७ रनको अर्धशतकीय पारी खेले । ४७ बल खेलेका उनले दुई चौका र सात छक्का प्रहार गरे ।

त्यस्तै, सौरव खनालले अविजित ३० रनको योगदान गरे । विराटनगरका लागि अनिल शाहले ३२ रन बनाए ।

बलिङतर्फ चितवनका लागि सोमपाल कामी, कमल ऐरी, सागर ढकाल र करिम जनतले समान दुईरदुई विकेट लिए । साहव आलमले एक विकेट लिए ।

जितसँगै चितवनले दुई अंक जोडेको छ । विराटनगरले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation