प्रेस सङ्गठन कपिलवस्तुको जिल्ला सम्मेलन कार्तिक ६ गते हुने ।

१६ असोज । प्रेस सङ्गठन नेपाल कपिलवस्तुको जिल्ला सम्मेलन कार्तिक ६ गते हुने भएको छ । शनिवार गोरुसिगेमा बसेको जिल्ला सम्मेलन आयोजक समितिको बैठक विभिन्न  निर्णय सहित मिति घोषणा गरेको हो । केन्द्रीय परिपत्र अनुसार सम्मेलनको तयारी सुरु गरिएको हो ।

बैठकलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका  जिल्ला कार्यालय सचिव सरोज खनालले सहमतिको आधारमा सङ्गठनलाई बलियो बनाउन सुझाव दिनुभयो । विगत देखि नै प्रेस सङ्गठन कपिलवस्तु पत्रकारिता क्षेत्रमा अब्बल रहेको भन्दै नेतृत्व समक्ष हुनुपर्नेमा जोड दिनुभयो ।

पत्रकारितामा पदको लडाई नगरी कलमको माध्यम वाट सशक्त बन्नुपर्ने खनालले बताउनुभयो । पत्रकारहरूको क्षमता वृद्धि र सञ्चारमाध्यम बलियो बनाउन स्थानीय सरकार प्रदेश सरकार र केन्द्र सरकारले विशेष ध्यान दिनुपर्ने जनाउनुभयो ।

प्रेस सङ्गठनका केन्द्रीय सदस्य मनिस कार्कीले प्रेस सङ्गठनको अब आउने नेतृत्व सर्वसम्मत र कुशल नेतृत्व बनाउन आफू लागि पर्ने बताउनुभयो ।  बैठकले अर्जुन बेल्वासेको संयोजकत्वमा चार सदस्य सदस्य नवीकरण कमिटी गठन गरेको छ ।

त्यस्तै डिलाराम भुसालको संयोजकत्वमा शिव बन्जाडे र विजय पौडेल आभास लाई निर्वाचन मण्डल चयन गरिएको छ । बैठकले सङ्गठन सर्वसम्मति बनाउन कार्यदल समेत बनाएको छ ।

वसन्त गिरीको संयोजकत्वमा चिन्ता परियार र नेत्र पाण्डे सदस्य रहने गरी कार्यदल बनाएको हो । सम्मेलन मार्फत सर्वसम्मति रूपमा चयन गर्नको लागि आजै बाट आकाक्षीहरु सँग छलफल गर्ने संयोजक गिरीले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation