चाडपर्वमा श्रीमान-श्रीमतीले घरबिदा नपाउँदाको पीडा सार्वजनिक


बुटवल, असोज २०
प्रगतिशील गायक तथा सर्जक एनबी बिक निशानको “बर्ष दिनको दशैं तिहार” गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । “बिरेन बिसी” युट्युव च्यानलबाट सार्वजनिक गरिएको उक्त गीतमा एनबी बिक निशान, जनवादी गायिका निशा बुढामगर र दलित मुक्ति मोर्चा रुपन्देहीका अध्यक्ष जानकी बराहको स्वर रहेको छ । शब्द र संगीत संकलन निशानले गरेका छन् । श्रीमान र श्रीमती जागिर मै रहेको र चाडपर्वमा दुई जनाले नै घरबिदा नपाउँदा परिवार एवं छोराछोरी सम्झिएर मनमा चोट परेको कुरा गीतमा प्रस्तुत गरिएको छ । सेनामा ड्युटी गर्दा बच्चाको यादले सताइरहेको भूमिका बहुचर्चित मोडल करिश्मा ढकालले निर्वाह गरेका छन् । जागिर मै रहंदा आफ्नो गाउँघर सम्झिएर पीडाबोध हुने, जुनिभर पसिना बगाउँदा पनि परिवार पाल्न मुस्किल पर्ने, रोजगारी कै निम्ति विदेशिनु पर्ने लगायत समसामयिक बिषयमा प्रकाश बिकले भूमिका निभाएका छन् ।
बालबच्चाका कारण पुरुषलाई भन्दा महिलालाई जागिर गर्न अझै बढी समस्या पर्ने कुरा गीतमा छर्लङ्ग गरिएको छ । स्वदेश र परदेशमा रहेका जागिरे नेपाली युवाहरूले चाडपर्वमा घरबिदा नपाउँदाको पीडालाई गीतमा सरल तरिकाले उजागर गरिएको छ । सामाजिक बिषय समेटिएको उक्त गीत निर्माण गर्दा आफू निकै उत्साही भएको र दर्शकले मन पराउनेमा आफू विश्वस्त रहेको कुरा निशानले बताए । आधुनिक तथा राष्ट्रवादी गायक विजय सापकोटाले म्युजिक एरेन्ज गरेको उक्त गीतको छायांकन नमराज घिमिरे, निर्देशन निशान र सम्पादन प्रकाश धमलाले गरेका छन् । काठमाण्डौ सेरोफेरोमा सुटिङ गरिएको उक्त गीतमा राजाराम सिम्खडाले निकै राम्रो डान्स निर्देशन गरेका छन ।
सातौं सिर्जना “बर्ष दिनको दशैं तिहार” सार्वजनिक गरेका निशानको यस अगाडि “उठ गाउँ उठ सहर”, “परदेशी मन” (पञ्चेबाजा) , “घिनलाग्दो विभेद”, “टीका जमरा”, “बरिलै नाच्न मन लाको छ” लगायत सामाजिक गीतहरुको म्युजिक भिडियो सार्वजनिक भइसकेको छ । त्यसैगरी निशानको अर्को प्रगतिशील सालैजो “धर्ती फुलाउने किसान ..” पनि केही दिनमा सार्वजनिक हुंदैछ । “खेल्दैछ खेल पराइले यो देशमा” लगायत गीतहरु निर्माणको क्रममा रहेको कुरा निशानले बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation