बुटवल । रुपन्देहीको सैनामैनामा सवारी दुर्घटना भएको छ । बिहीबार साँझ सैनामैना नगरपालिका वार्ड नं. ४ का वडाध्यक्ष धनबहादुर कार्की सवार कारलाई सैनामैना- १ रानीबगियामा पिक अप भ्यानले ठक्कर दिँदा दुर्घटना भएको हो ।
बुटवलबाट पश्चिमतर्फ जाँदै गरेको बा १६ च १३३३ नम्बरको वडाध्यक्ष सवार कारलाई पश्चिमबाट बुटवलतर्फ आउँदै पिकअप भ्यानले ठक्कर दिएको इलाका प्रहरी कार्यालय रन्यौराले जनाएको छ ।
विस्तृत विवरण आउन बाँकी ।