कपिलवस्तुमा गोली प्रहार गरी ८ लाख नगद लुटेर फरार

कपिलवस्तु, २१ असोज । कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नम्बर १० स्थित गोरुसिंगे जंगलमा अज्ञात ब्यक्तिहरुले गोली प्रहार गरी ८ लाख नगद लुटपाट गरेर फरार भएका छन ।

तौलिहवा गोरुसिंगे सडक अन्तर्गत तिलौराकोट साझेदारी वनको अफिस भन्दा केही पर मोटरसाईलमा आएका २ जनाले कारमा सवार एक जनामाथी गोली प्रहार गरी निजको नगद लुटेर भागेका हुन ।

बिहीवार दिउसो ३ बजेतिर प्र ३ ०१ २३ च ८०८९ नम्बरको कारमा सवार मायादेबी गाउपालिका ४ चाकरचौडाका रामरक्षा जैसवालमाथी गोली प्रहार गरी लुटेरहरु भागेको प्रहरी उपरिक्षक दान बहादुर कार्कीले बताउनु भयो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation