रूपन्देही सुस्तश्रवण संघको स्थापना

उज्यालो पोष्ट, रुपन्देही
रूपन्देही जिल्लामा सुस्तश्रवण अपांगता भएका ब्यक्तिहरुको हकहित सम्बन्धि अधिकार संरक्षण एवं प्रवर्द्धन गर्ने उद्देश्यका साथ “रूपन्देही सुस्तश्रवण संघ“ नामक गैह्रसरकारी संस्थाको स्थापना भएकोे छ ।

रूपन्देही जिल्लाको सैनामैना नगरपालिका वडा नं. ११ मा कार्यालय रहने गरि सस्था स्थपना गरिएको हो । सस्थाले आजै सन्तोष पन्थ को नेतृत्वमा ७ सदस्य “रूपन्देही सुस्तश्रवण संघ“ समिति समेत गठन गरेको छ । सो समितिले सोमवार विधिवत रूपमा जिल्ला प्रशासन कार्यालय रूपन्देहीमा दर्ता पनि गरेको नव निर्वाचित अध्यक्ष सन्तोष पन्थले उज्यालो पोष्टलाइ जानकारी दिएका छन् ।

अध्यक्ष सन्तोष पन्थ, उपाध्यक्ष पार्वतीमाया राना, महासचिव अमन थापा, कोषाध्यक्ष रेखा राना सदस्यहरु कल्पना पुन मगर, अन्जना थापा र पुर्ण बहादुर कामी रहने गरी गठित समितिले कुनै पनि अपाङगता भएका व्यत्ति अधिकार प्राप्ती वाट बन्चित हुन नपर्ने, जुनसुकै तह वा नेतृत्व सम्म आवाज पु¥याउने सस्थाका महासचिव अमन थापाले बताए ।

रूपन्देही सुस्तश्रवण संघलाई आगामी दिनमा सम्बन्धित सबै पक्षबाट सकारात्मक साथ र सहयोग मिल्ने आशा लिएको अध्यक्ष बताउछन् । साथै यस संस्था स्थापनाका लागि सहयोग गर्नु हुने विभिन्न ब्यक्ति संघ, सस्था तथा श्रुति संस्था काठमाडौलाई अध्यक्ष पन्थले बिशेष धन्यवाद व्यक्त गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation