बिदेशबाट फर्केकलाई क्वारेन्टाईन पठाउदै कपिलवस्तुका जनप्रतिनिधि र प्रहरी

कपिलवस्तु । चैत्र १८ गते

कपिलवस्तुका जनप्रतिनिधि र प्रहरीले कारोनाको उच्च जोखिम रहेको जिल्लामा भारत, बिदेश तथा तेश्रो मुलकबाट फर्केकाहरुलार्ई खाजेर धमाधम क्वारेन्टाईन पठाउदै छन । जिल्लामा कोरोनाको संक्रमण फैलन नदिन उनीहरुले उच्च सतर्कता अपनाउदै भारत र बिदेशबाट फर्ककाहरुको लगत सकलन गरी क्वारेन्टाईन पठाउन सुरु गरेका हुन । भारतका बिभिन्न शहरहरुमा कोरोना फेल्एिकोले त्यहाबाट फर्किने नेपालीहरुमा कोरानाको संक्रमण हुने उच्च जोखिम रहेको स्वास्थयकर्मी बताउछन ।

भारतसंग ९३ किलो मिटरको सिमा सटेकोले जिल्लाका एक दर्जन बढी चोर नाकाहरु छन । जसले गर्दा भारतबाट आएकाहरु चोर नाका  हुदै घर फर्कने गरेका छन । जन प्रतिनिधि र प्र्हरीले भारत र बिदेशबाट फर्केकाहरुलाई क्वारेन्टाईनमा आउन आग्रह गरे पनि बेवस्ता गरिए पछि उनीहरुको खोजी गरिएको बिजयनगर गाउपालिकाका प्रमुख गोपाल थापाले बताए । आफनो पालिकामा  ३ सय ९३ को् लगत संकलन गरिएको उनले बताए  । त्त्यस्ता घरमा रोतो चिन्ह लगाउने काम सतेत सुरु भएको उनले बताए । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण फैलिए पछि हालसम्म आएका व्यक्तिहरुको घरमा उनीको पहिचानका लागि रातो चिन्ह राख्न लागेको उनले बताए ।

बिजयनगर जस्तै जिल्लाका अन्य नौ पालिकाले पनि भारत र बिदेशबाट फर्केकाहरुको खोजी गरी क्वारेन्टाईन पठाएको छ । यशोधरा गाउपालिकाका प्रमुख गिरीजेश कुमार पाण्डेयले आफुहरुले भारत र बिदेशबाट आउनेहरुलाई क्वारेन्टाईनमा बस्न आग्रह गरे पनि कैयोले अटेरी गने गरको गुनासो गरे । त्यस्ता ब्यक्तिहरुकालागि प्रहरीसंग समन्वय गरी अघि बढेके उनले बताए ।

प्रजिअ दीर्घ नारायण पैडेलले भारत र बिदेशबाट फर्ककाहरुलाई निग्रानी गरी क्वारेन्टाईन पठाउन पालिकाहरुसंग समन्वय गरिएको बताए । ‘ बिदेशबाट फर्केकाहरुमा कोरोना संक्रमण हुन सक्ने भएकाले त्यस्ता ब्यक्तिहरुलाई अनिवार्य क्वारेन्टाईनमा राख्नु पर्छ ’ उनले भने ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation