चैत्र १७, शिवराज
बिश्वभरी फैलिरहेको कोरोेना भाईरसको जोखिमलाई न्यूनकरण गर्नको लागि कपिलवस्तु शिवराज नगरपालिका वार्ड नं. ३ मा वर्डा तथा टोल स्तरमा समन्वय समिति गठन गरिने भएको छ । मंगलबार वर्डा अध्यक्ष टेकलाल सापकोटाको अध्यक्षतामा वडा बसेको सर्बदलिय बैठकले कोरानाको सम्भावित संक्रमणलाई रोकथामको लागि वडा तथा टोल स्तरमा समन्वय समितिहरु गठन गर्ने निर्णयहरु गरेको हो ।
बैठकले कोराना नियन्त्रणको लागि भारत तथा तेश्रो मुलुकबाट आएकाहरुलाई निगरानी बढाई क्वारेन्टाईनमा राख्ने, सूचना लुकाएर घरमै बस्नेहरुलाई कानुनी कारवाही गर्ने, आवश्यक परेमा वर्डामै क्वारेन्टाईन निमार्ण गर्ने, दैनिक ज्याला मजदुरी गरेर जिविको पार्जन गर्नेहरुको लगत संकलन गरि आवश्यक राहत उपलब्ध गराउने र लकडाउन पुर्ण रुपमा पालना गराउन सामाजिक दुरीलाई कायम राख्दै अनुगमन गर्ने निर्णय गरिएको छ ।
कोरोना महामारीलाई रोक्नको लक डाउनलाई पुर्ण रुपमा पालना गराउन र दैनिक ज्याला मजदुरी गरेर जिवन यापन गर्नेहरुको लागि पक्षहरु समन्य गर्नका लागि आकास्मिक सर्बदलिय बैठक बसिएको वडा अध्यक्ष सापकोटा जानकारी दिए ।

