
साया किरण । आज अन्तर्राष्ट्रिय श्रमिक दिवस विभिन्न कार्यक्रम गरी विश्वभर मनाइँदैछ । मे १ तारिखको दिन विश्वका ८० भन्दा बढी राष्ट्रमा आधिकारिक रूपमा मे दिवस मनाइन्छ ।आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन’को माग राख्दै अमेरिकाको सिकागो सहरका श्रमिकहरूले सडक ओर्लिएर बलिदानी पूर्ण सङ्घर्ष गरी विजय हासिल गरेको दिनको सम्झनामा आज विश्वभर अन्तर्राष्ट्रिष्य श्रमिक दिवस मनाइँदैछ ।
सन् १८८६ मे ४ मा अमेरिकाको शिकागोमा भएको हेमार्केट काण्डको सम्झनामा यो दिवस मनाउन थालिएको हो । आठघण्टे कार्यावधि माग गर्दै आन्दोलन गरिरहेका श्रमिकमाथि प्रहरीले दमन गरिएको थियो । घटनामा दर्जनौं श्रमिकको ज्यान गएको थियो । मजदुर आन्दोलनले अन्ततः सफलतासमेत हासिल गरेको विश्व इतिहास छ ।
सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवं श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेपछि
सन् १८९० देखि हरेक वर्ष मे १ मा श्रमिक दिवस मनाउन शुरु गरियो ।
नेपालको सन्दर्भमा हेर्ने हो भने, विराटनगरमा वि.सं २००७ (सन् १९६३) मा मजदुर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो ।
१३3 वर्षदेखि निरन्तर मनाउन सुरु गरिएको श्रमिक दिवसले श्रमिकको एकता, वीरता र गौरवपूर्ण इतिहास बोकेको छ । अन्तर्राष्ट्रिष्य श्रमिक दिवसले संसारभरका श्रमिकलाई आफ्नो अधिकारप्रति जागरुक बनाउँदै आएको छ ।
श्रमिक अधिकारका विषय संविधानमा लिपिबद्ध भए पनि त्यसको कार्यान्वयनको पक्ष कमजोर रहेको ठहर छ । संविधानले सामाजिक सुरक्षाको हक, रोजगारीको हकको प्रत्याभूति गरेको छ । तर अझै पनि लाखौँ श्रमिक सामाजिक सुरक्षाको हकका साथै न्यूनतम परिश्रमिकबाट समेत वञ्चित छन् । संविधानले हरेक नागरिकलाई रोजगारीको हक प्रदान गरेको भए पनि कामको अभावमा युवा शक्ति विदेशिएक छन् ।
राज्यले तत्काल गम्भिर भएर नसोच्ने हो भने र कदम नचाल्ने हो भने श्रमिक वर्गको अवस्था अझै नाजुक हुने निश्चित छ। यस्तो श्रमिक दिवस जति पटक आए पनि कागलाई बेल पाक्यो, हर्ष न विस्मात भनेको जस्तै हुनेछ।