ईलाका प्रहरी कार्यालय पिपराको हिरातकक्षमा एक जनाले गरे आत्महत्या

कपिलवस्तु,२० चैत ।


कपिलवस्तुको ईलाका प्रहरी कार्यालय पिपराको हिरातकक्षमा एक जनाले आत्महत्या गरेका छन् । छोरीलाई वलत्कार गरेको आरोपमा वाणगंगा नगरपालीका वडा नं ८ वाट प्रकाउ परेका उभियुक्तले आत्महत्या गरेका हुन् । वुधवार राती प्रहरी कार्यालयको अटैच वाथरुम सहितको सौचालयको भेन्टीलेटरमा तत्ना प्रयोग गरेर आत्म हत्या गरेका हुन् ।

कोरना भाईरसको सन्त्रासका विच प्रहरी डिउटीमा खटीएका वखत अभियुक्तले आत्महत्या गरेको प्रहरी निरिक्षक आयुस प्रसाद जोसिले जानकारी दिनु भयो । अनुसन्धानकै क्रममा प्रहरी हिरासतमा रहेका ती व्यक्तिले अचानक आत्महत्या गरेका हुन् । उनले के कति कारणले आत्महत्या गरेका हुन यो खुल्न सकेको छैन ।

छोरी बलात्कारको आरोप लागेपछि ती व्यक्तिलाई गत फाल्गुण २३ गते प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान चलाएको थियो । यो विषयमा अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation