मास्क प्रयोकर्ताले यी तीन कुरामा ध्यान दिनैपर्छ !

२०७६ चैत २० बिहीबार

वाशिङ्टन । नोभेल कोरोनाभाइरसको संक्रमण बढेसँगै मास्कको प्रयोग पनि बढ्दो छ । त्यसमा पनि चिकित्सक, प्रहरी, सञ्‍चारकर्मी, विमानस्थल तथा अस्पतालका कर्मचारीहरुले त झन लामो समय मास्क लगाइरहनु परेको छ । 

अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रले मास्क लगाउने तरिकामा सम्भावित परिवर्तनसहित मास्क प्रयोगकर्ताहरुलाई सुझाव दिएको छ । अमेरिकी सर्जन जनरल डा. जेरोमी अडाम्सले मास्क प्रयोग गर्दा मुख्यरुपमा तीन कुरामा ध्यान दिनुपर्ने सुझाव व्यक्त गरेका छन् । 

जसमा 

– अनुहारमा नछुनुहोस् : यदि तपाईं अनुहार छोप्दै हुनुहुन्छ भने अनुहारमा नछुनुहोस् । आफूले अनुहार नछोएर मास्क प्रयोग गर्नुपर्छ भन्‍ने कुरामा निकै ध्यान पुर्‍याउनुपर्छ । 

– एन-९५ मास्क प्रयोग नगर्नूहोस् : यदि तपाईं अनुहार छोप्दै हुनुहुन्छ भने एन-९५ मास्क स्वास्थ्यकर्मीहरुलाई बचाउनुस् । उनीहरुलाई यसको एकदमै ठूलो आवश्यकता छ । 

– घरभित्रै बस्‍नुहोस् – आफ्‍नो अनुहार छोप्दैमा तपाईंले सोसल डिस्टेन्सिङ कायम गरेको मानिने छैन । सबभन्दा ठूलो र उत्तम कुरा भनेको तपाईं घरभित्रै बस्‍नुहोस् । बाहिर जानैपर्ने भएमा मास्क अनिवार्य प्रयोग गर्नुहोस् ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation