बिजयनगरमा आगलागी नियन्त्रणको प्रयास जारी, ४० घर जलेर नष्ट

कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नं. १ गुगौलीमा आगलागि भएको छ । आगलागीले हाल सम्म करिव ४० घर जलेर नष्ट भएको इर्लाका प्रहरी कार्यालय गणेशपुरले जानकारी दिएको छ । अहिले आगो नियन्त्रणमा आएको छैन । आगो नियन्त्रणको गर्नको लागि स्थानिय, प्रहरी, शसस्त्र प्रहरीले लागेका छन ।

४ बजेको समयमा स्थानिय काशीराम यादवको घरबाट आगलागी भएता पनि हाल दमकल नपुगेको स्थानिय संवाददाता साेन कुमारी थारूले जानकारी दिनु भयो । विस्तृत विवरण आउन बाँकी । आगो नियन्त्रणको जिल्ला सदरमुकाम ताैलिहवाबाट दमकल आगलागी भएको स्थल तर्फ प्रस्थान गरेको प्रहरी बताएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation