कपिलवस्तुको गुगौलीमा लागेको आगोले ४० घरगोठ खरानी, करोडौंको क्षति

कपिलवस्तु । २१ चैत्र

कपिलवस्तुको विजयनगरमा भिषण आगलागी हुँदा ४० घरगोठ जलेर खरानी भएको छ । गाउँपालिकाको वडा नं. १ गुगौलीमा शुक्रवार करिब अपराह्न ४ बजेतिर आगलागी भएको हो । स्थानीय काशीराम यादवको घरबाट आगो लागेको प्रहरीले जनाएकोे छ । आगलागीबाट खाद्यान्न, लत्ताकपडा, भाँडाकुडा र नगद गरी एक करोड भन्दा बढीको क्षति भएको प्रहरीले अनुमान गरेको छ । आगलागीबाट मानवीय तथा चौपाया क्षति नभएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक मधु नेपालले जानकारी दिनु भएको छ । आगो के र कसरी लागेको अझै खुल्न नसकेको प्रहरी निरिक्षक नेपालले बताउनुभयो । क्षतिको थप विवरण संकलन भैरहेको उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation