
संसार जित्ने सहास राखेर
मुक्ती कि मृत्यु भनेर हिड्दै गर्दा
आएकै हुन् थुप्रै चुनौतीहरु
खाएकै हो कयौं धम्की र सहेकै हो हजारौं हण्डर
झेलेकै हो बाधाअड्चन,
र, गरेकै हो दुस्मनको सत्ता ढाल्ने प्रतिबद्धता ।
कलिला हातहरुमा थमाएको बन्दुक हेर्दै
घरपरिवार र भर्खर समाएको कलम सम्झिदैं
सबै थोक थाती राखेर
हिडियो जनयुद्धको विगुल बजेपछी जनताको व्यवस्था ल्याउन ।
कहिले जङ्गलका कन्दमुल खादैं,
कहिले जनताको घरमा सुखदुख साट्दै
त कहिले भोकभोकै पल्टिएर बिताएका रातका यादहरु
सिरानी बनेका ती ढुङ्गाहरु अझै साचीं छन्
घाइते साथीले टेकेका रगतका टाटाहरुसङका लठ्ठिहरु
अझै पनि भिरपाखा र कान्लाहरुमा तेर्सिएकै होलान्
लुक्दै छिप्दै गरेका पहाडका खोल्साहरु
हिमालबाट बग्दै आएको चिसो पानी
जङलबिचका सेल्टरहरु
दिनरात एकै ठानेर लड्दै, सम्हालिदैं हिडेका
पैतालाका छापहरु अझै पनि हुनुपर्छ
तराईका सम्म फाँटहरुमा ।
आफ्नै काखमा अन्तिम सास फेरेका सहयोद्धा साथीहरु
आँखा अघि ढ्लेका प्रिय कमरेडहरु
अन्तिम क्षणसम्म पनि मुक्ति कि मृत्यु सिकाउँदै गरेको राता मान्छेहरु
होलान् कि अझै पनि बिदाइ गर्दा ओडाएका लाल झण्डाका टुक्राहरु
बिदाइ गर्दा पड्काएको बन्दुकको धुवाँ अझै पनि हुनुपर्छ वरिपरि
यी सबै हुन् नहुन्
तिम्रो ढलेको बन्दुक अझै पनि मसङ्गै छ
भौतिक ढल्दैमा कहाँ ढल्छ र विचार,
ढलेको बन्दुक लिएर फेरि उठेकी छु म
त्यो बन्दुक फेरि तेर्सिनेछ तिनै दलालहरुको छातीमा
पड्किने छ तिनै देशद्रोही र सामन्तीहरुको मुटुमा
प्रिय कमरेड, सहिद बेपत्ता र घाइतेको सपना पूरा गर्न
जनताको व्यवस्था ल्याउन
फेरि मैले उठाएको छु तिम्रो ढलेको तिम्रो बन्दुक ।