होम क्वारेण्टाइनवाट हरेकले सिटी शंख र घण्ट बजाएर एकता प्रदर्शन गर्न सिके राउतको आग्रह

जनकपुरधाम २२ चैत्र । जनमत पार्टीका अध्यक्ष डा सिके राउतले आगामी बैशाख २ गते कोरोना भाइरसविरुद्धको लडाइँमा एकता प्रदर्शन गर्न आह्वान गरेका छन् । सम्पूर्ण जनता एकजुट रहेको सन्देश दिन ताली, शंख, सिटी, घण्ट, थाली बजाउन राउतले आग्रह गरेका हुन् ।प्रत्येक बैशाख २ गते तराई मधेसका जिल्लामा जुडशीतल पर्व मनाउने चलन छ । सो दिन बिहान ७ बजे ७ मिनेटसम्म एकता प्रदर्शन गर्न राउनले आह्वान गरेका हुन् ।

   यो एकता कोरोनाविरुद्ध लड्नमा अग्रणी भूमिका खेलिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, समाजसेवीसहित सबैलाई धन्यवाद समेत हुने राउतले बताएका छन् ।यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आग्रहमा भारतीय जनताले यसैगरी एकता प्रदर्शन गरेका थिए 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation